Incident Reports

Policeman Arrested On Charge of Raping Minor

2012-11-18

दैलेख । मंसिर २ गते

जाजरकोट जिल्ला मझकोट गाविस-६ की १४ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा मझकोट गाविस-४ का ३५ वर्षीय सिंहबहादुर रावतलाई प्रहरीले ०६९ मंसिर १ गते गिरफ्तार गरेको छ ।

 

गिरफ्तार गरिएका रावत जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रहरी जवान पदमा कार्यरत रहेको बुझिएको छ । 

 

दैलेखको रुम गाविस-१ बेस्तडा बजारमा रहेको बस्नेत होटलमा ०६९ मंसिर १ गते आफ्ना बुवासहित बास बसेको अवस्थामा रावतले बलात्कार गरेको भन्दै पीडितले ०६९ मंसिर १ गते नै बेस्तडा प्रहरी चौकीमा उजुरी दिएपछि रावतलाई गिरफ्तार गरी सदरमुकाममा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

पीडितले प्रहरीमा दिएको उजुरीमा जबरजस्ती करणी गरेपछि आफू कराएको र आफूलाई बचाउन खोज्दा बुवालाई समेत रावतले कुटपिट गरेको उल्लेख गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुदर्शन थापाले पीडितको उजुरीको आधारमा घटनाको आवश्यक अनुसन्धान भइरहेको साथै पीडितको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको जानकारी दिएको छ । 

यज्ञराज थापा

 

Dailekh/November 17

Police have arrested Singh Bahadur Rawat, 35, of Majhkot4 on November 16 on charge of raping a 14-year-old girl of Majhkot6 in Jajarkot. Rawat is reportedly a police constable posted at District Police Office.

 

The girl filed an FIR at Bestada Police Station on November 16 saying Rawat had violated her as she was staying at the Basnet Hotel at Bestada Bazar in Rum1 on the early morning of the same day.

 

District Police Office (DPO) informed that Rawat was arrested as soon as they registered the FIR.

 

In the FIR, the girl says that Rawat also beat up her father when he came to rescue her after she cried for help.

 

DPO’s DSP Sudarshan Thapa said that the girl was sent to the District Hospital for medical check up and

that they were waiting for the report.

Yagyaraj Thapa

0 Comments