Incident Reports

Mandamus Writ Registered

2013-02-27

Madhes, Saptari, Mahadeva

सप्तरी । फागुन १६ गते बलात्कारको प्रयास गरेको घटनामा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि प्रसवनी गाविस-९ का बच्चालाल मण्डलले ०६९ फागुन १६ गते अदालतमा प्रहरीविरुद्ध परमादेशको रिट दायर गरेका छन् । जिल्ला प्रहरी कार्यालय राजविराज र इलाका प्रहरी कार्यालय कञ्चनपुरले मुद्दा दर्ता नगरी पीडकको संरक्षण गरिरहेको आरोप लगाउँदै बच्चालालले पुनरावेदन अदालत राजविराजमा परमादेशको रिट दायर गरेका हुन् । प्रसवनी गाविस-९ का २२ वर्षीय रोशनकुमार मण्डलले ०६९ माघ ११ गते राती ८ बजे आफ्नी १४ वर्षीया छोरीमाथि बलात्कारको प्रयास गरेको बच्चालालले आरोप लगाएका छन् । घरमा बसेर पढिरहेकी छोरीमाथि बलात्कारको प्रयास हुँदा छोरीको गुहार सुनी जम्मा हुँदा धक्का दिँदै आरोपित भागेको घटना इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी नलिएको बच्चालालले गुनासो गरे । इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर राजेन्द्र बस्नेतले उक्त घटना प्रहरी चौकी महुलीमा मिलापत्र भइसकेको बताए । Saptari/ February 27

Bachcha Lal Mandal of Praswani9 has registered a writ of mandamus against the police after they refused to register the incident of attempted rape case.

 

Accusing the District Police Office, Rajbiraj and Area Police Office of Kanchanpur for protecting the perpetrator, Bachhaa Lal registered a writ of mandamus at the Appellate Court in Rajbiraj.

 

Bachcha Lal is claiming that Roshan Kumar Mandal, 22, of Praswani9 had attempted to rape his 14-year-old daughter on the night of January 24. He further complained that the District Police Office and the Area Police Office refused the case registration.

 

According to the police inspector Rajendra Basnet of Kanchanpur Area Police Office, the case was already resolved by an agreement between two parties.

Manohar Kumar Pokharel

0 Comments

Related Reports
Related Trend Analysis