Incident Reports

नवजात शिशुको हत्या आरोपित गिरफ्तार

2016-06-23

Province 1, Bhojpur, Salpasilichho

आफैले जन्म दिएको नवजात शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा दोभाने-२ थुम्लुङकी ४० वर्षीया मैया तामाङलाई प्रहरीले असार १५ गते गिरफ्तार गरेको छ । उनले नवाजात शिशुलाई असार ९ गते हत्या गरेको प्रहरीले जनाएको छ । शिशुको हत्या भएको दुई दिनपछि ११ गते गाईलाई दिन राखेको घाँसको थुप्रोमा आरोपितका १२ वर्षीय छोरीले मृत अवस्थामा नवजात शिशुको शव भेटेपछि गाउँलेलाई खबर गरेपछि घटना सार्वजनिक भएको प्रहरीको भनाइ छ । मृतक नवजात शिशुको पोष्टमार्टम जिल्ला अस्पताल भोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पञ्चलाल गोलेले जानकारी दिए । आवश्यक अनुसन्धानपछि कानुनअनुसार कारबाही प्रक्रिया थालिने इन्स्पेक्टर गोलेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments