Incident Reports

No translation available.

2013-03-06

Rautahat jillama YCL karyakarta dwara ban karyalaya pramukh ra adhikritlai karyalaymai kutpiit.

 

रौतहट । फागुन २२ गते

 

जिल्ला वन कार्यालय रौतहटका प्रमूख तथा वन अधिकृत नन्दलाल राय यादवलाई ०६९ फागुन २१ गते साँझ एकीकृत माओवादीका भातृ सङ्गठन वाईसीएलका कार्यकर्ताहरूले उनकै कार्यकक्षमा कुटपिट गरेका छन् ।

 

एमाओवादी कार्यकर्ता चन्द्रनिगाहपुर गाविस-३ महादेवडाँडाका ४२ वर्षीय चन्द्रमान मोक्तान र सोही ठाउँका ४० वर्षीय कालबहादुर जिम्बालाई वन अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा जिल्ला वन कार्यालय रौतहटको टोलीले फागुन २१ गते विहान गिरफ्तार गरी जिल्ला वन कार्यालयमा ल्याई मुद्दा चलाएपछि वाईसीएल कार्यकर्ताहरूले यादवलाई कार्यालयकै कार्यकक्षमा कुटपिट गरेका थिए । उनलाई कुर्सी, मुक्काले प्रहार गरिएको जिल्ला वन कार्यालयका कर्मचारीले बताए ।

 

गिरफ्तार गरेका दुबै जनालाई जिल्ला वन कार्यालयले म्याद थप गरी मुद्दा चलाएपनि वाईसीएलको आक्रमणपछि दबाबमा परि दुवै जनालाई वन अधिकृत यादवले प्रक्रिया नै नपुर्‍याई सोही दिन साँझ रिहा गरे ।

 

वन अधिकृत यादवले दुबै जनालाई वन क्षेत्रमा खनजोत गरेको अवस्थामा गिरफ्तार गरी कारबाही थालिएको बताएपनि वाईसीएलका रौतहट जिल्ला अध्यक्ष किरण साहले आफ्ना पार्टीका दुवै कार्यकर्तालाई निर्दोष अवस्थामा गिरफ्तार गरिएकाले छाडनुपर्ने आफ्नो माग रहेको बताउँदै वन अधिकृत यादवमाथि आक्रमण नभएको दावी गरे । बिपिन गौतम

 

Rautahat/ March 5

Nanda Lal Ray Yadav, forest officer and Chief of District Forest Office has been beaten by the cadres of YCL cadres on March 4 inside his office.

 

Yadav was beaten after a team of District forest office arrested UCPN-M cadres Chandra Man Moktan, 42, and Kal Bahadur Jimba, 40, of Chandra Nigahapur3 on March 4. They were arrested on charge of encroaching the forest.

 

Yadav was beaten with fist and chairs by the YCL cadres.

 

Though cases were filed against the arrestees by the District Forest Office, they were released later in the evening following the YCL attack.

 

The District chairperson of YCL, Kiran Shah claimed that both the cadres are innocent and denied the attack on the officer.

Bipin Gautam

0 Comments

Related Reports
Related Trend Analysis