Incident Reports

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

2016-07-18

Lumbini, Rukum East, Sani Bheri, Ward 3

१८ वर्षीया एक युवतीलाई बेचविखन गरेको घटनाका आरोपित गराइला गाविस-१ का २८ वर्षीय कमलप्रकाश विकलाई प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ । पीडितले जिल्ला प्रहरी कार्यालय रूकुममा आरोपितले बेचविखन गर्न खोजेको र पटकपटक बलात्कार गरेको भनी दिएको उजुरी साउन ३ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रूपेश खड्काले बताए । पीडितले साउन २ गते जिल्ला प्रहरी कार्यालयमा घटनाका बारेमा मौखिक जानकारी गराएपछि प्रहरीले आरोपितलाई साउन २ गते गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ । पीडितले दिएको उजुरी अनुसार आरोपितले राम्रो काम लगाइदिने भनी गत असार २ गते भारत लैजाने क्रममा नेपालगञ्ज पुर्‍याई पटक पटक बलात्कार गरेको उल्लेख छ । आफूलाई बेच्नको लागि आरोपितले दलालसँग कुरा गरिरहेको थाहा पाएपछि उनले आफू भागेर प्रहरीको सम्पर्कमा आएको उल्लेख गरेकी छन् ।

0 Comments