Incident Reports

कञ्चनपुरकाे गड्डाचौकीबाट दुई युवतीको उद्धार

2016-07-27

पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी हुँदै रोजगारीको प्रलोभन दिई भारततर्फ लगिँदै गरेका दुईजना युवतीको उद्धार गरिएको छ। किर्गिस्तानमा रोजगारीमा पठाइदिने भन्दै भारततर्फ लगिँदै गरेका दोलखाकी २० वर्षीया र रामेछापकी २१ वर्षीया युवतीको बुधवार साँझ सीमा नाकामा उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन्। उद्धार गरिएका युवतीलाई माइती नेपालको अद्यावधिक गृहमा राखिएको छ। युवतीलाई भारततर्फ लग्ने कार्यमा संलग्न सिन्धुपलाञ्चोकका ४० वर्षीय विनोद तामाङ र सिन्धुलीका ४७ वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको कार्य गरिरहेको छ। उद्धार गरिएका युवतीलाई परिवारको जिम्मा लगाइने संयोजक भट्टले बताइन्। माइती नेपाल कञ्चनपुरले आर्थिक वर्ष २०७२÷७३ को अवधिमा ३०३ जना महिलाको सीमा नाकामा रोकथाम, ३०२ जनाको पारिवारिक पुनःमिलन र २२ जनाको उद्धार गरेको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 2
Female Abducted 2
National/Online Media

0 Comments