Incident Reports

पुल्चोक कलेजमा कुटपिट

2016-07-30

Bagmati, Lalitpur, Lalitpur

ललितपुरको पुल्चोकस्थित पुल्चोक इन्जिनीयरिङ कलेजमा इन्जिनियरिङ स्नातक चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले मादकपदार्थ सेवन गरी कलेजका सुरक्षा कर्मचारी र शिक्षक कुटपीट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले कलेजको छात्रावासमा बस्दै आएका स्नातक चौथो सेमेस्टरका विद्यार्थी अनिल सापकोटा, डार्विन भण्डारी, आङ पासाङ सेर्पा, विवेक शर्मा र आदर्श बिसीलाई शुक्रबार मापसे गरी कुटपिटको आरोपमा पक्रेको हो। प्रहरीका अनुसार उनीहरुले बाहिरका साथीलाई सुरक्षा कर्मचारी दिलकुमार राई र नवीन घिमिरेले कलेजमा पस्न नदिएको निहुँमा कुटपिट गरी सख्त घाइते बनाएका थिए। विद्यार्थीको कुटपिटबाट कलेजका सुरक्षा कर्मचारी दिलकुमार राई सिकिस्त छन् भने अर्का कर्मचारी नवीन घिमिरे सामान्य घाइते भएका छन्। कलेज परिसरमा मादकपदार्थ सेवन गर्दै आएका उनीहरूले अश्लील शब्दसहित गाली गर्दै बियरको बोतलले सुरक्षा कर्मचारीको टाउकामा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रक्राउ परेका पाँचै जनालाई आइतबार सार्वजनिक अपराधमा मुद्दा दायर गरेको जावलाखेल प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis