Incident Reports

अधिकारकर्मीलाई ज्यान मार्ने धम्की

2016-07-28

Madhes, Siraha, Siraha

महिला मानवअधिकारकर्मी देवकुमारी रामलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका रामआशिष महराविरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको छ। अधिकारकर्मी रामलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका सिरहाको अर्नामा–१ निवासी ४३ वर्षीय महरामाथि सिरहा प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको हो। अधिकारकर्मी रामको उजुरीको आधारमा महरालाई बिहीबार पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए। अर्नमाकी १२ वर्षीय बालिकासँग महराले असार ३० गते दोस्रो विवाह गर्न लाग्दा आफूले बाल विवाह गर्न रोकेका कारण महराले ज्यान मार्ने धम्की दिएको अधिकारकर्मी देवकुमारीले बताइन्। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments