Incident Reports

No translation available.

2016-08-06

Gandaki, Gorkha, Siranchok

तनहुँ क्यामिन जौबारीमा आमाको हत्या गरी एक युवक फरार छन् । स्थानीय करिब ४२ वर्षका देवबहादुर नेपालीले आमालाई कुटपिट गरी शनिबार राती फरार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । कुटपिटपछि छोराले आमालाई लडाएपछि करिब ७५ बर्षीया आमा जुनकिरीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विजयराज पण्डितले बताए । केही दिनअघि श्रीमतीलाई समेत कुटपिट गरे पछि आमा र छोरा मात्र घरमा बस्दै आएका थिए । घटनालगत्तै फरार देवबहादुरको प्रहरीले खोजी गरिरहेको छ । सम्भावित स्थानमा उनको खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए । घटनाको केही घण्टापछि आइतबार बिहानै घटनास्थलमा पुगेको प्रहरीले मृतक वृद्धाको शव दमौली अस्पताल ल्याएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1

0 Comments