Incident Reports

कुमार लामालाई धरौटीमा छाडिने खबरले पीडित र साक्षीहरू त्रासमाl

2013-03-11

कपिलवस्तु । फागुन २८ गते युद्ध अपराधको आरोपमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई नेपाल सरकारको आग्रहमा धरौटीमा छाडिने खबरले मुद्धा दायरमा सहयोग पुर्‍याउने पीडित र साक्षीहरू त्रसित बनेका छन् । नेपाल सरकार तथा ठूला राजनीतिक दलहरूको उक्त घटनाको बेलायत सरकारका विरुद्ध खुलेर विरोध गरेको अवस्थामा मुद्दा चलाउनमा सहयोगी भूमिका खेलेका अधिकारकर्मी तथा पीडितहरू कुमार लामालाई धरौटीमा छाडिने खबरपछि आफूहरूले असुरक्षित महसुस गरेको बताएका छन् । देशमा दण्डहीनता बढेको अवस्थामा लामाको रिहाइबाट अधिकारकर्मी तथा मुद्दाका सहयोगी असुरक्षित बनेको उनीहरूले बताएका हुन् । बेलाबखत नचिनेका व्यक्तिहरूले घरमा गई सोधखोज गर्ने गरेको बताउने उनीहरूले लामा रिहा हुने समचारपछि त्रास महसुस गरेको स्थानीय सञ्चारकर्मीलाई बताएका छन् । यस समाचारपछि सार्वजनिक कार्यक्रममा समेत कमै देखिएका छन् । सशस्त्र द्वन्द्वको समयमा गोरुसिंहेस्थित सेनाको ब्यारेकमा गिरफ्तार गरिएका जनकबहादुर राउतसहित अन्य बन्दीहरूलाई गैरकानुनी तबरमा हिरासतमा राखी चरम यातना दिएको भन्दै अन्तर्राष्ट्रिय मुद्दा दायर भएकोमा लामा तीन महिना पहिले बेलायतमा गिरफ्तार भएका थिए । Kapilvastu, 11 March Victims and eyewitnesses who helped to file the case against Colonel Kumar Lama for war crimes are in panic after he was released on bail. Colonel Lama was arrested in London but released on bail after requests from Nepal’s Government. The human rights defenders and victims who filed the case against Lama are feeling insecure after Nepal’s Government and the major political parties protested against the arrest and the British Government. Human rights defenders and victims have informed the media that they have been visited several times by unknown people who seem to be investigating them, which is why they feel insecure. After the release of Lama the human rights defenders and victims involved in the filing of the case are not participating in public programs due to fear of repercussions

0 Comments