Incident Reports

गोरुकाटेको आरोपमा फोरमका नेता पक्राउ

2016-08-06

Province 1, Udayapur, Chaudandigadhi

गोरु काटेको आरोपमा उदयपुरमा संघीय समाजवादी फोरमका एक नेता पक्राउ परेका छन । गोरु काटेको आरोपमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई पक्राउ परेका हुन् । राईले घर नजिकै रहेको द्धारखोलाको बाँधमा लगि गोरु काटिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिम प्रसाद सिलवालले बताए । पक्राउ परेका राईलाई मुलुकी ऐन भाग ४ को चौपाया सम्बन्धि महल ७ अनुसार कानुनी कार्वाही अगाडी बढाउने प्रहरीले जनाएको छ । चौपाया सम्बन्धि महल अनुसार जानी जानी गाई गोरु मानैलाई १२ बर्ष र मार्न सल्लाह दिनेलाई ६ बर्ष कैद सजाय हुने व्यवस्था छ । तर पक्राउ परेका राईले भने लडेर मरेको गोरुलाई प्रहरीले फसाउन मारेको आरोप लगाएको बताएका छन् । राज्य धर्मनिरपेक्ष भई सक्दा समेत गोरु काटेको आरोपमा नागरिक पक्राउन पर्नु दुखत भएको सघीय समाजवादी फोरमले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Various Indigenous Parties incl. Tharu
Actor 2 - Youth unknown

0 Comments

Related Reports
Related Trend Analysis