Incident Reports

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

2016-08-09

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 11

पोखरा उमनपा-२ घर भई पोखरा उमनपा-११ मा बस्ने २८ वर्षीय रतन गुरुङलाई बहुविवाह गरेको आरोपमा साउन २४ गते प्रहरीले गिरफ्तार गरेको छ । पोखरा उमनपा-५ की २२ वर्षीया तारा गुरुङसँग असार २८ गते विवाह गरेको आरोपमा रतनकी पत्नी ममीला गुरुङले साउन २४ गते उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा साउन २४ गते नै आरोपित रतनलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आरोपित तारा गुरुङ फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजिसिद्धि बज्राचार्यले जानकारी दिए ।

0 Comments