Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-08-07

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 14

थुमाकोडाँडा गाविस-५ घर भई पोखरा उमनपा-१४ चाउथेमा बस्ने २५ वर्षीय केशव विकलाई बहुविवाह गरेको आरोपमा साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ । गत असार २७ गते घाचोक गाविस-१ की २२ वर्षीया शान्ति परियारसँग विवाह गरेको आरोपमा केशवकी पत्नी २४ वर्षीया लक्ष्मी विकले साउन २३ गते प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा केशव र शान्ति दुवै जनालाई गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

0 Comments