Incident Reports

बन्धक बनाएर बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

2016-08-09

Madhes, Rautahat, Durga Bhagwati, Ward 4

१३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले पचरुखी गाविस-८ छर्तौना टोलका १८ वर्षीय राजेश महरा चमारलाई साउन २७ गते गिरफ्तार गरेको छ । साउन २५ गते साँझ पीडित बालिकालाई रातभर हातगोडा बाँधेर आरोपित चमारले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गङ्गा पिपरामा साउन २७ गते उजुरी दिएको थियो । साउन २५ गते साँझ आरोपितले बालिकाको हात, गोडा र मुख सलले बाँधेर रातभर खेतमै राखेर बलात्कार गरेको पीडितको आरोप छ । पीडित पक्षको उजुरीको आधारमा आरोपित चमारलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए । राति अवेरसम्म पीडित बालिका घर नआएपछि अभिभावकले खोजी गर्दा २६ गते दिउँसो झांझ नदी नजिकको धान खेतमा हातगोडा बाँधिएको र अचेत अवस्थामा फेला पारेको अभिभावकले बताएका छन् । बालिकाको उपचार र स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गौरमा भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments