Incident Reports

बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार

2016-08-12

Madhes, Dhanusha, Mithila, Ward 2

क्षिरेश्वरनाथ नपा-६ की २७ वर्षीया सुन्दरकलादेवी साहलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति कुशे साह तेलीले साउन ३० गते प्रहरीले गिरफ्तार गरेको छ । घरायसी विवादका कारण सुन्दरकलालाई साउन २८ गते बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई प्रहरीले आज गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी नकुल पोखरेलले बताए । साउन २८ गते घाँस काट्न भनेर घरबाट सँगै गएका कुशे साँझ एक्लै घर फर्केपछि उनकी पत्नी सुन्दरकला देवीको खोजी सुरु भएको थियो । छिमेकी र सुन्दरकला देवीको माइती परिवारले सुन्दरकला देवीको बारेमा सोधीखोजि गर्दा घाँस काट्ने ठाउँबाट उनी आफूभन्दा पहिले घर जान लागेको भनेर निस्केको र बाटोबाट हराएको भन्दै कुशेले जवाफ दिएपछि माइती पक्षले शङ्का गर्दै आएको थियो । माइती पक्षले साउन ३० गते उजुरी दिएपछि उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर र ढल्केवरबाट संयुक्त टोली खटेर महेन्द्रराजमार्ग छेउको भैंसे खोला किनारमा सुन्दरकला देवीको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटीको बायाँ भागमा बञ्चरो प्रहार गरी सुन्दरकलाको हत्या गरी दाउराले छोपेर जलाउने प्रयास पनि गरिएको तर, शव जल्न नपाएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पोखरेलले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1

0 Comments