Incident Reports

रोज राणामाथि खुकुरी प्रहार

2016-08-15

रोज राणामाथि खुकुरी हान्ने पक्राउ चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माहानगरीय प्रहरी कार्यललयले उक्त आक्रमणमा संलग्न भएका भक्तपुर सिद्धपोखरी घर भइ हाल काठमाडौं नयाँबजारमा बस्ने २८ वर्षीय मोटे भनिने विवेचन प्रजापति र धादिङ कटुन्जे घर भइ काठमाडौं नयाँबजारमा बस्ने १८ वर्षीय सुर्य लामालाई पक्राउ गरेको जनाएको छ । उनीहरुका साथबाट एउटा पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई मंगलबार नयाँबजारबाट पक्राउ गरिएको हो। उनीहरुले जोधा भनिने गुण्डा नाइके रतनबाहादुर लामाले आफूहरुलाई राणामाथि आक्रमण गर्न ५० हजार रुपैयाँ दिएको बताएको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई थप अनुसन्धानका लागि नयाँ बानेश्वर प्रहरी वृत्त पठाइएको प्रहरीले जनाएको छ। राणामाथि गत आइतबार बेलुका पुरानो बानेश्वरस्थित सेन्ट क्याफे अगाडि खुकुरी प्रहार भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1

0 Comments

Related Reports