Incident Reports

मानव बेचविखन गरेको कसुरमा १० वर्षकैदकौ फैसला

2016-08-16

Bagmati, Chitawan, Bharatpur, Ward 1

२२ वर्षीया युवतीलाई बेचविखन गर्ने कार्यमा संलग्न रहेको कसुरमा सिन्धुपाल्चोक जिल्ला बराम्चीका ३५ वर्षीय अक्कलबहादुर तामाङलाई चितवन जिल्ला अदालतको भदौ १ गतेको अदेशले १० वर्षकैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश नारायण सुवेदीको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । युवतीलाई ललाइफकाई रोजगारीका लागि विदेश पठाइदिन्छु भनी काठमाडौँबाट नारायणगढ हुँदै भारत लाने क्रममा ०७३ असार ४ गते बेलुका तमाङ गिरफ्तार परेका थिए । साना हातहरू नामक संस्थाको तर्फबाट तामाङविरुद्ध असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । उक्त संस्थाको सहयोगमा युवतीलाई चितवनको पुल्चोकबाट असार ४ गते नै उद्दार गरिएको थियो । दिपेन्द्र अधिकारी
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments