Incident Reports

एकल महिलाद्वारा प्रहरीले न्याय नदिएको आरोप

2016-08-16

Madhes, Rautahat, Brindaban

जिल्ला प्रहरी कार्यालय, पर्साले एक महिलालाई मानसिक यातना दिएको समाचार प्राप्त भएको छ । विश्रामपुर निवासी एकल महिला उर्मिलादेवी र उनका सहयोगीहरूलाई दुव्र्यवहार गर्नुका साथै पीडितलाई उन्मुक्ति दिन खोजेको आरोप लगाइन् । नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उर्मिला देवीले विगत १६ वर्षदेखि एकल महिलाको जीवन बिताउने क्रममा लामो समयदेखि ससुरा, देवरलगायत छिमेकीबाट पीडित भएको र न्यायको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा पुग्दा प्रहरी अधिकृतहरूले नै उल्टै गालीगलौज गरेको बताइन् । उनले गत म·लवार छिमेकी बन्ती साह कलवार, उनका छोरा सन्दिप, अरुण कलवारले कुटपिट गरी घाइते बनाएको र सोही विषयमा न्यायको लागि जिप्रकामा पटकपटक पुग्दा प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले दुव्र्यवहार गरेको बताइन् । पति सुरेशप्रसाद कलवारको निधन भएको १६ वर्ष हुन लाग्यो र आफूले जेनतेन दुईजना छोरा हुर्काएको बताइन् । आफूलाई घर परिवारबाट चरम यातना पाइरहेको पत्रकार सम्मेलनमा उनले बताइन् । जिप्रका पर्साले दिएको जानकारी अनुसार महिलालाई कुट्ने तीनैजना अहिले जिप्रकामा रहेको र उनीहरूविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments