Incident Reports

जातीय विभेदमा कारबाहीको माग गर्दै उजुरीl

2013-03-19

Karnali, Salyan, Darma

सल्यान । चैत ६ गते

सेजवालटाकुरा- साहुटोलकी मेनुका राणा उनका पति डिल्ली राणाले सोही ठाँउकी २० वर्षीया एक दलित महिलालाई ०६९ चैत गते बिहान पानी भर्ने क्रममा धारा छोएको निहुँमा जातीय विभेदको निँहुमा हातपात भएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्

 

दार्माकोट गाविस - घर भई सेजवालटाकुरा - साहुटोलमा डेरा गरी बस्ने कैलास विककी पत्नी प्रेमा बस्नेत विकमाथि धारामा पानी छोएको निहुँमा हातपात भएको हो

 

पीडितका पति कैलास विकले आफूले बिहान छुवाछुतको व्यवहार नगर्न सम्झाउँदा आफु कार्यालय गएको समयमा कोठामै आएर पत्नीमाथि हातपात भएको बताए पीडित महिलाले पानी छोएको निहुँमा आफूमाथि हातपात अभद्र व्यवहार भएको बताएकी छन्

 

उजुरीमा पीडितले आफुमाथि हातपात गर्ने राणा दम्पतिलाई हदैसम्मको कारबाहीको माग गरेकी छन् घटनापछि प्रहरीले राणा दम्पत्तिलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि हिरासतमा राखेको

 

घटनालाई मिलापत्रबाट टुङ्ग्याउन दबाब समेत आएको पीडितले बताएकी छन् प्रहरीले भने पीडितले किटानी जाहेरी दिएकाले आफुहरूले पीडकलाई हिरासतमा राखेर अनुसन्धान गरीरहेको जनाएको प्रहरीले पीडित पक्षको सल्लाह बमोजिम कारबाही प्रकृया अघि बढाएको जनाएको पिडक पक्षले गल्ती स्वीकार्दै अबदेखी यस्तो गल्ती नगर्ने यो घटनालाई मिलापत्रबाटै टुङ्ग्याउनुपर्ने बताउँदै आएका छन्

 

घटनाका विषयमा उनीहरूलाई अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुखका डीएसपि लालमणि आचार्यले बताए

मिना बुढाथोकी

0 Comments