Incident Reports

कावासोतीमा खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते

2016-08-05

Gandaki, Nawalparasi West, Kawasoti, Ward 7

नवलपरासीको कावासोतीमा खुकुरी प्रहरबाट एक जना गम्भीर घाइते भएका छन्। कावासोतीको मिलन चोकमा शुक्रबार बिहान ६ बजेको समयमा योजना बनाएर कावासोती ३ बस्ने राजु बिक लाई खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ। चितवनको पिठुवा बस्ने वर्ष ३२को प्रमोद थापाले आफ्नो श्रीमती नवलपरासीको देवचुली ९ बिशालटार बस्ने वर्ष २२ कि बिस्नु माया रानालाइ योजना बनाइ खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। प्रमोद थापाको श्रीमतीलाई कावासोतीका राजुले फोनबाट यौन सम्पर्कको प्रस्ताब राख्ने र धम्किपूर्ण भाषामा थर्काउने, उसको जीवन बर्बाद पारिदिने भन्दै धम्कि दिने गरेपछि प्रमोदलाई बोलाई यस्तो घटना घटाएको प्रहरीको दाबी छ। साथै केहि महिना अगाडी देखीनै कावासोतीका राजुले बिष्णु मायालाई फेसबुक मार्फत म्यासेज गरि यौन प्रस्ताब राख्ने गरेको बिष्णु मायाले बताएको भएपनि राजुले भने केहि महिना अघि नै प्रमोदले आफूमाथि पिट्ने , दुख दिने गरेको भन्दै बिबाहको प्रस्ताब राखी शुक्रबार भारत जाने योजना रहेको तर उसको श्रीमान पनि पछि लागे पछि यसरी आफूमाथि खुकुरी प्रहार भएको जनाएका छन्। बिहिबार साझ बिष्णुमायाले राजु लाई फोन मार्फत बोलाई शुक्रबार भारत जाने भन्दै कावासोती को मिलन चोकमा भेट्ने क्रममा प्रमोद पनि संगै आइ राजुलाई खुकुरी प्रहार गरेको बिष्णुमायाले प्रहरीलाई स्वीकार गरेकी छिन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports