Incident Reports

प्रहरीको कुटाइबाट ६० वर्षीय वृद्ध गम्भीर घाइते

2016-08-10

Madhes, Parsa, Jagarnathpur, Ward 5

प्रहरीको कुटाइबाट एक वृद्ध गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय साढेवामा कार्यरत रहेको सुरक्षाकर्मिको कुटाईवाट पर्साको विजवनिया-८ निवासी वर्सा ६० का खेदन मुखिया विण गम्भीर घाइते भएका हुन् । चोरिको अभियोगमा सोधपुछको लागि प्रहरी चौकी बोलाई इन्चार्ज प्रहरी सहायक निरीक्षक टलक भण्डारीले निर्घात कुटपिट गर्दा विण घाइते भएका भान्जा कृष्ण मुखिया विणले आरोप लगाएका छन्। गत शनिबार राति विज्वनिया ८ निवासी राधे महतोको घरमा भएको चोरिको विषयमा वुधबार सोधपुछका लागि चौकीमा बोलाई इन्चार्ज भण्डारीले निर्घात कुटपिट गर्दा विण गम्भीर घाइते भएका भान्जा कृष्णले बताए। प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका विणलै उपचारका लागि विरगंज नारायणी उपक्षेत्रिय आस्पतालमा भर्ना गरिएको हो । अस्पतालमा भर्ना रहेको विणको कम्मर भन्दा तल चोट लागेको र उक्त चोटको कारण विणलाइ मुर्क्षित अवस्थामामै अस्पताल भर्ना गरिएको उपचारमा संग्लग्न चिकित्सकले जनाएका छन्। वुधबार सांझा आस्पताल भर्ना गराइएकका विणलाइ आज बिहान २ बजे मात्र होस् आएको चिकित्सकले बताएका छन्। सोधपुछक लागि चौकी इन्चार्ज भण्डारीले वोलाई कुटपिट गर्नुका साथै बिजुलीको करेन्ट समेत दिइ यातना दिएपछि आफु बेहोस भएको विणले आरोप लगाएका छन्। चौकी इन्चार्ग भण्डारी लगाएतको सुरक्षयकर्मीले आफुलाई आइतबार र बुधबार चौकीमा बोलाई कुटपिट गरेको विणले बताए छन्। विण कुटपिटको विषयमा सेढवा प्रहरी चौकीका इन्चार्ज भण्डारीसंग बुझ्दा उहाले विणलै सोधपुछक लागि चौकीमा बोलाईएको भएपनि कुटपिट नगरिएको दावी गरेका छन्। यसै विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठसंग बुझ्दा उहाले चौकी इन्चार्ज भण्डारीले विणलाइ कुटपिट गरेको स्वीकार गरे। कुटपिट गर्ने प्रहरीलाई आधिकार नभएकोले विण कुटपिटको विषयमा छानबिन गरेन प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। छन्विन बाट चौकी इन्चार्गे भण्डारी दोषी ठहर भए विभागीय कारबाही गरिने उपरीक्षक श्रेष्ठले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1

0 Comments