Nepali congress leader and and Regional president of Dhanusha-1 and other 3 person have been arrested on accusation of abduction attempt of Journalist Rajkamal Singh.Journalist Rajkamal Singh who had been associated with Onlinekhabar.com and News 24 Television as well as other news medias had been writing about corruption case of local level.In latest time he had written the news about corruption on the Gothkoyelpur road construction.
On Wednesday morning an abduction attempt was made upon him in Bhanuchowk of Janakpur. The abduction attempt was foiled after the locals informed police immediately. Police arrested 4 men along with Nabin Gohiwar in the meantime. Police had filed public offense case with them to do further investigation on the case.
स्थानीय विकास निर्माणमा हुने आर्थिक अनियमितताविरुद्ध लेख्दै आएका पत्रकार राजकमल सिंहलाई अपहरण गर्न खोजेको भन्दै प्रहरीले धनुषा क्षेत्र नम्बर १ का कांग्रेस सभापति नवीन गोहिवारसमेत चार जनालाई पक्राउ गरेको छ।
अनलाइन खबर डटकम, न्यूज २४ टेलिभिजन लगायत सञ्चार माध्यममा आबद्ध पत्रकार सिंहले जिल्ला विकास समिति र सांसद विकास कोषको रकममा भएको भ्रष्टाचारसम्बन्धी समाचार लेख्दै आएका थिए। पछिल्लो समय क्षेत्र नम्बर १ स्थित गोठकोयलपुर सडक निर्माणमा आर्थिक अनियमितता भएको भन्दै उनले लेखेको समाचारले यहाँ चर्चा पाएको थियो। त्यही समाचारको विषयमा भएको विवादका कारण उनी अपहरणमा परेका हुन्।
बुधबार बिहान जनकपुरको भानुचोकमा उनलाई अपहरण गर्न खोजिएको थियो। त्यही बेला घटनास्थलबाटै नवीन गोहिवारसहित राजदेव गोहिवार, पुष्पेन्द्रा गोहित र सञ्जीवकुमार मण्डल पक्राउ परेका हुन्।
गाडीमा आएका सात–आठ जनाको समूहले भानुचोकमा पत्रकार सिंहमाथि हातपात गर्दै उठाएर लैजान खोजेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। स्थानीयकै सहयोगमा उनीहरूलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका सबैविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ।