Incident Reports

Woman files sexual abuse case against actor Santosh Panta

2016-09-16

Bagmati, Kathmandu, Kathmandu

A female security guard at BP Koirala Institute of Health Sciences in Dharan has filed a sexual abuse case against actor Santosh Panta. The 24-year-old guard employed by KTM Security Services filed the case claiming actor Panta and security service Chairperson Rameshwor Sah had sexually abused her while she was at duty at the girls hostel of the institute. She has claimed that Panta tried to touch her sensitive body parts and also asked questions about her private life. Panta, also the brand ambassador of the security service, had reached the hostel with Chairperson Sah, security inspector Bishnu Koirala, Head Guard Rajendra Tamang at Friday midnight despite the hostel not allowing any visitors after 11 pm. DSP Dhakendra Khatiwada said police will arrest the accused and start investigation into the case. The woman has said she will not return to work until action was taken against the accused. KTM Security employs 12 women as security guard. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजूरी दिएकी छन् । केटिएम सेक्युरिटी सर्भिसमा कार्यरत २४ वर्षीया महिलाले केटिएम सेक्यूरीटिका अध्यक्ष रामेश्वर साह र कलाकार पन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजूरी दिएकी हुन् । कलाकार पन्त केटिएम सेक्युरिटी सर्भिसका ब्राण्ड एम्बेसडर हुन् । शुक्रबार मध्यरातमा प्रतिष्ठानको गर्ल्स होस्टेल प्रवेशद्वारमा सुरक्षाका लागि उभिइरहेको बेला आफूलाई पन्तले संवेदनशील अंगमा हात लगेको र व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न सोधेको आरोप उजूरीमा छ । त्यसबेला पन्तसँगै केटीएमका सञ्चालक अध्यक्ष रामेश्वर साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङलागयत पाँच जनाको समूह महिला होस्टलमा पुगेका थिए । प्रतिष्ठानको महिला होस्टलमा बेलुका ११ बजेपछि जोसुकै आएपनि प्रवेश निषेध गरिएको छ । केटिएमकै अध्यक्ष साहले ‘हामी आएपछि केको नियम चाहिन्छ, महिला होस्टलको गेट खोल’ भनेर हप्काएपछि गेट खोल्नु बाध्य भएको पीडित महिलाले बताइन् । साहले पनि आफूलाई श्रीमान् भए नभएको, छोराछोरी भए नभएको, केटिएममा काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबड भएको भनेर सोधेको पीडित महिलाले बताइन् । उनले भनिन्, ‘सुरक्षा गार्ड नै आफ्नै सिनियरहरुबाट र कलाकार भनौदाहरुबाट असुरक्षित भएपछि कसरी अरुको सुरक्षा गर्न सकिन्छ ? यस्ताहरुलाई कारवाही नभए काममा फर्किन्न ।’ साहले नीजि प्रश्न सोधेर हैरान बनाए लगत्तै पन्तले यौन दुव्र्यहार गरेको पीडित महिलाले बताइन् । केटीएम सेक्युरीटि सर्भिसमा १२ महिला सुरक्षाकर्मी कार्यरत छन् । महिला अधिकारकर्मी मन्जु भण्डारीले दोषीउपर कारवाही गर्न माग गरिन् । भण्डारीले भनिन्, ‘रातको समयमा चिकित्साशास्त्र अध्ययरत युवतीहरु बस्ने गर्ल्स होस्टलमा प्रवेश गर्नुको उदेश्य के थियो र आफ्नै महिला सुरक्षा गार्डमाथि यौन दुर्व्यवहार गर्नुको कारण नखुलेसम्म छाड्ने छैनौं ।’ प्रहरी नायव निरीक्षक ढकेन्द्र खतिवडाले उजूरीको आधारमा आरोपित पक्षलाई पक्राउ गरी अनुसन्धान गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments