Incident Reports

झापाको शरणामती गाविसका लेखापालको हत्या

2016-09-21

Province 1, Jhapa, Jhapa, Ward 6

झापाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । स्थानीयका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका-५, चप्रामारीमा फेला परेको थियो । टाउकोमा चोट लागेको अवस्थामा रिजालको शव फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । मृतकको टाउकोमा दुई/तीन ठाउँमा चोट लागेको छ भने नाकबाट रगत निस्किएको देखिन्छ । यसैबीच, घट्नाको विषयमा अनुसन्धान गर्न रिजालका साथी लय शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाविसका सहलेखापाल हत्याको विरोधमा कार्यालय बन्द झापाकाे शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ । कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई नगरपालिकाको चप्रामारीमा शव भेटिएको थियो। कर्मचारीहरुको असुरक्षा बढेको र हत्याराको पहिचान गरी कानुन बमोजिम कारबाही हुनुपर्ने माग गर्दै कार्यालयहरु बन्दको घोषणा गरेको सङ्घका सचिव डिल्लीराम नेपालले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Morang

0 Comments

Related Reports