Incident Reports

CPN-M Captures Land of Tea Estate

2013-03-23

Province 1, Jhapa, Mechinagar

 

झापा । चैत १० गते

 

नेकपा माओवादीका कार्यकर्ताले ज्यामिरगढी गाविस ८ स्थित सतिघट्टा चिया बगानको तीन बिगाह जग्गा कब्जा गरेको छ ।

 

पार्टीको भातृ संगठन राष्टिय युवा जनस्वयंसेवक दलमा आवद्ध पूर्व लडाकूहरूले बगानको जग्गा ऐलानी पर्ती जग्गा भएको भन्दै ०६९ चैत ८ गते बिहान ११ बजे पार्टीको झण्डा गाडेर कब्जाको घोषणा गरेका हुन् ।

 

दलका १ नं क्षेत्रीय संयोजक प्रदिप खवास र उपसंयोजक चन्दन राजवंशीको नेतृत्वमा दर्जनौं कार्यकर्ताहरूले हँसिया हतौडा अंकित झण्डा गाडेर भूमाफिया मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।

 

मजदुरको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै यो जग्गामा भूमाफियाहरूले लामो समयदेखि चलखेल गर्ने गरेको र बगानका मजदुरको मागसमेत सम्बोधन नगरेकोले बाध्य भई जग्गा कब्जा गरेको जनस्वयंसेवक दलले जनाएको छ । सुकुम्बासी मजदुरहरूलाई उचित बसोबास गर्न जग्गा कब्जा गरिएको संयोजक खवासले बताएका छन् ।

 

जग्गा कब्जाको विषयमा नेकपा माओवादीका झापा इञ्चार्ज डिल्ली घिमिरेसँग कुरा गर्दा जग्गा कब्जाबारे आफूलाई थाह नभएको र द्वन्द्वकालमा समेत उक्त जग्गा कब्जा नभएकोले हाल सो जग्गा कब्जा गर्ने नीति नरहेको जनाएका छन् ।

 

Jhapa/March 23

The cadres of CPN-M have captured three bighas of land belonging to Satighatta Tea Estate in Jyamirgadhi8.

 

The move occurred on March 21 where the former combatants involved in People’s Volunteers Squad captured the land claiming the land was public land.

 

Dozens of CPN-M cadres led by the party’s constituency no. 1 coordinator Pradeep Khawas and his deputy Chandan Rajbanshi had placed the party flag and chanted slogans against ‘land mafias”.

 

The Squad claimed that it was forced to take the step as the Tea Estate was disregarding the workers’ plight for a long time. Khawas said the land was captured so that the landless people can have residential plots.

 

When contacted, CPN-M Jhapa in-charge Dilli Ghimire expressed ignorance about the capture. He claimed that there was no such party policy to capture the said land which was not captured even during the conflict period.

Arjun Basnet

0 Comments

Related Reports
Related Trend Analysis