Incident Reports

Udghosh: Woman found dead

2016-09-26

Province 1, Morang, Kanepokhari

(Updated). A woman of around 28-29 years has been found dead in Bayarban, Morang. The body was found in a forest on the way to Bihibare in Pathari-Kaanpokhari road. Police has suspected murder on seeing wounds at the back of the head and face. The body has been taken to Primary Health Post in Mangalbare, Urlabari. Police is investigating into the case. मोरङको पथरी-कानपोखरी सडक खण्ड अन्तर्गत बयरवनको बिहीबारे जाने बाटोको जंगलमा एक महिलाको शव फेला परेको छ। सोमबार बिहान स्थानीयले जंगलमा शव देखेर प्रहरीलाई खबर गरेका थिए। २८-२९ बर्षको जस्तो देखिने युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। अनुहार र टाउकोको पछाडी पट्टिको भागमा चोटपटक लागेकोले कसैले हत्या गरेर फलेको हुन सक्ने इलाका प्रहरी कार्यालय पथारिले जनाएको छ। शवलाई उर्लाबारीको मंगलबारे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Update................................ मोरङमा एक भारतीय महिलाको हत्या भएको छ। भारत सिलिगुडीकी २९ वर्षीय कमला शर्मा दाहालको हत्या भएको हो। कमलाको शव कुटपिटपछि हत्या गरेर फ्यालेको अवस्थामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको वयरवन –९ मा फेला परेको प्रहरीले जनाएको छ। उनको शव भेटिएको १० दिनपछि मात्र सनाखत भएको छ। गत असोज १० गते शव फेला परे पनि लामो समय सम्म सनाखत हुन सकेको थिएन। मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले कमलाको हत्या नै भएको र हत्यामा संलग्नको पहिचान भइसके पनि पक्राउ भने गर्न नसकिएको बताए। ‘भारत घर भएकी नेपाली मुलकी महिलाको हत्या मोरङमा भएको छ,’ उनले भने, ‘अनुसन्धानबाट हत्यामा संलग्नको पहिचान भइसके पनि पक्राउ भने गर्न सकिएको छैन।’ एसपी भण्डारीका अनुसार हत्यामा संलग्न भारतीय भूमिमा फरार रहेका कारण पक्राउका लागि भारतीय प्रहरीसंग समन्वय गर्ने काम भइरहेको छ। शव कसको हो भनेर खुल्न नसकिरहेको अवस्थामा उनका माइती पक्ष आएपछि शवको पहिचान भएको हो। प्रहरीले शवको तस्बिर सार्वजनिक गरेर पहिचानका लागि आग्रह गरेको थियो। एसपी भण्डारीले भने, ‘लामो दिनदेखि बेपत्ता भएको र मोरङमा शव भेटिएको भन्ने जानकारी पाएपछि कमलाका भाइ बुझ्न आएका थिए। भाइ आएर दिदीको शव रहेको बताएपछि मात्र सनाखत भएको हो।’ झापाको विर्तामोड माइती भएकी कमलाका श्रीमानको डेढ वर्ष अघि सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो। आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार घरबाट उनी आँखाको उपचारका लागि भनेर विर्तामोड आएकी थिइन्। घरबाट हिंडेको पाँच दिनसम्म नआएपछि आफन्तले माइतीमा खवर गरेर सोधखोज गरेका थिए। कमलाका एक छोरा र एक छोरी छन्। सासु ससुरा र दुई देवरका साथमा उनी सिलिगुडीमै बस्दै आएकी थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Morang , Local Newspaper - Chitwan

0 Comments