Incident Reports

Main Accused in Killing of UML Leader Karki Arrested

2013-03-27

Province 1, Morang, Belbari

 

ओखलढुंगा । चैत १४ गते

 

नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य भदौरे गाविस २ का ४० वर्षीय छविलाल कार्कीको हत्याका मुख्य आरोपित पोखरे गाविस ३ का अडिग भनिने यदुनाथ घिमिरेलाई ०६९ साल चैत १३ गते जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बेलबारीबाट गिरफ्तार गरेको छ ।

 

प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका घिमिरेलाई मोरङबाट गिरफ्तार गरेर ओखलढुंगा चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर पदम थपलियाले जानकारी दिए । थपलियाले गिरफ्तारीको विषयमा थप जानकारी जिल्ला ल्याएपछि दिइने बताए ।

 

कार्कीको ०६७ असार २४ गते राति घिमिरेसहितका माओवादी कार्यकर्ताहरूको समूहले ठूलाछाप गाविसको निशंखेभञ्यांगको तारा तामाङको होटलमा खाना खाइरहेको अवस्थामा रड र भाला प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

 

आक्रमणबाट दुवै हात र खुट्टा भाँचिएका र टाउको फुटेका कार्कीको ओखलढुंगाको सामुदायिक अस्पताल सोब्रुमा उपचारका क्रममा सोही राति १२ बजे मृत्यु भएको थियो । पीडित परिवारको जाहेरीमा मुख्य अभियुक्त मानिएका एकीकृत माओवादीको भातृ संगठन यङ कम्युनिष्ट लिगका तत्कालीन जिल्ला संयोजक घिमिरे फरार थिए ।

 

यसअघि कार्कीको हत्या अभियोगमा माओवादी कार्यकर्ताहरू विमर्षाज घिमिरे, टिकाराम भुजेल, लालबहादुर भुजेल, देवबहादुर कटवाल, दिलबहादुर सार्की र कार्कीका दाजु चन्द्रबहादुर कार्कीलाई गिरफ्तार गरी प्रहरीले ज्यान मुद्दा चलाएको छ । पक्राउ परेकामध्ये लालबहादुर भुजेल, देवबहादुर कटवाल र दिलबहादुर सार्की अदालतको आदेशले तारेखमा छुटिसकेका छन् ।

 

कार्कीकै हत्या आरोपमा जिल्ला अदालत ओखलढुंगाले पक्राउ पूर्जी जारी गरेका हत्याका मूख्य आरोपित मानिएका बाबुराम सुवेदी, दिपक कटवाल, तारा सिके र जितमान राई लगायत आठ जना हालसम्म फरार रहेका छन् । शिवप्रसाद ढुंगाना

 

Okhaldhunga/March 27

Police have arrested the main accused in the killing of UML national representative council member Chabi Lal Karki, 40, of Bhadaure2.

 

Yadunath Ghimire alias Adig of Pokhare3 was arrested by a team of the District Police Office (DPO) Morang from Belbari on March 27.

 

According to Inspector Padam Thapaliya of the DPO Okhaldhunga, Ghimire who was most wanted in the police list was handed over to the DPO Okhadhunga by Morang police after arrest. He said that details on the arrest would be made public once he is brought to the district.

 

Karki was attacked with iron rod and spears by Maoist cadres, including Ghimire while taking meal at the hotel belonging to Tara Tamang in Nishankhe Bhanjyang of Thulachhap VDC on July 8, 2010.

 

Karki, who sustained broken feet and hands and injury to his head in the attack, died while undergoing treatment at the Community Hospital Sobru in the district the same night. The main accused in the incident Ghimire, who was the then district coordinator of UCPN-M's youth wing Young Communist League, was at large following the complaint registered by the family of the deceased.

 

Police had arrested and filed murder case against UCPN-M cadres Bimarsha Raj Ghimire, Tikaram Bhujel, Lal Bahadur Bhujel, Dev Bahadur Katawal, Dil Bahadur Sarki and Karki's brother Chandra Bahadur Bhujel. Among them, Lal Bahadur, Dev Bahadur and Dil Bahadur have been released on date by the court order.

 

The other eight main accused, including Baburam Subedi, Dipak Katawal, Tara CK and Jitman Rai are at large. District Court Okhaldhunga has issued arrest warrant against them.

Shiva Prasad Dhungana

0 Comments

Related Reports
Related Trend Analysis