Incident Reports

Dalit women severly beaten over small dispute.

2013-03-28

तनहुँ । चैत १५ गते श्याम्घा गाविस-३ की २९ वर्षीया सरीता विकलाई सामान्य विवादमा सोही ठाउँ बस्ने ३२ वर्षीय सेराली मियाँले ०६९ चैत १३ गते राति कुटपिट गरी घाइते बनाए । सेरालीको गाउँकै अर्की एक महिलासँग भएको झगडामा सरिताले महिललाई दुर्व्यवहार गर्नुहुँदैन भनेर सम्झाएपछि सरेलीले सरीतालाई राति ९ बजे घरमै पुगी दाउराको चिर्पटले आक्रमण गरेका थिए । सो समयमा विक घरमा खाना पकाउँदै थिइन् । आक्रमणबाट गम्भीर घाइते भएकी विकको राति नै दमौलीस्थित व्यासनगर हस्पिटलमा उपचार गर्न ल्याइएको थप उपचारको लागि ०६९ चैत १४ गते पोखरास्थित मेट्रोसिटी अस्पतालमा लगियो । आक्रमण गर्ने मियाँलाई शिसाघाट प्रहरी चौकीले राति नै पक्राउ गरी ०६९ चैत १४ गते जिल्ला प्रहरी कार्यालय दमौलीमा ल्याएको छ । घाइतेको अवस्था सामान्य भएको उनकी नन्ददेवी विकले बताइन् ।

Tanahu, 28 March: Reportedly 29-year-old- dalit woman was severely beaten by family members of a neighboring man at Shyamgha-3 VDC following a minor dispute. 

0 Comments

Related Reports
Related Trend Analysis