Incident Reports

CPN-M Abducts Electoin Officials, Released

2013-03-30

Bagmati, Nuwakot, Kohalpur

नुवाकोट । चैत १८ गते

दुईपिपल गाविसमा फोटोसहितको मतदाता नामावली संकलनमा गएका सोही गाविसका सचिव दलबहादुर बोगटी, प्राविधिक सहायक पुरुषोत्तम लामिछाने र जिल्ला निर्वाचन कार्यालयका मतदाता संकलक प्राविधिक विनोद अधिकारीलाई ०६९ चैत्र १८ गते नियन्त्रणमा लिई पाँच घण्टापछि मुक्त गरेका छन् ।

गाविसको डबलीमा फोटो खिच्न पुगेको गाविस सचिवसहित तीनजनाको टोलीलाई नेकपा माओवादीका कार्यकर्ताले 'छलफल'को लागि भन्दै चैत १८ गते बिहान पाँच घण्टा नियन्त्रणमा लिएर मुक्त गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अवरोध गर्दै आएका नेकपा माओवादीका कार्यकर्ताले नुवाकोटको दुईपिपलका संकलक टोलीलाई गाविस सचिव लिएको हो । उनीहरूलाई अपहरणको शैलीमा नियन्त्रण लिएर दुईघण्टा हिडाएर दिउँसो देवीघाटमा ल्याएर माओवादीका कार्यकर्ताले नेपाल पत्रकार महासंघ नुवाकोटको रोहबरमा जिल्ला निर्वाचन कार्यालयलाई जिम्मा लगाएको नेकपा माओवादी नुवाकोटले जनाएको छ ।

अपहरण भनेर प्रचार गरिए पनि पार्टीको कोही कसैलाई अपहरण गर्ने योजना नरहेको र मतदाता संकलन कार्य रोक्ने अभियानमा कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा माओवादी राज्य समिति सदस्य नारायण नेपालले वताए । केशव मिश्र

Nuwakot/March 31 CPN-M cadres have abducted secretary of Dui Pipal VDC, technical assistant Purushottam Lamichhane and voter's list collector Binod Adhikari at the District Education Office (DEO) on March 30 while they were had gone for voter's registration in the Dui Pipal VDC.

They were released five hours later in the presence of the representatives of Federation of Nepali Journalsits Nuwakot. The DEO said that the CPN-M cadres had taken the DEO officials in control saying that they were held for discussion.  

Keshav Mishra

0 Comments

Related Reports
Related Trend Analysis