Incident Reports

Annapurna: Teen flees home from abusive step-father and neighbor

2016-10-22

Gandaki, Syangja, Putalibazar, Ward 5

15-year-old girl from Pauwegaude-7 has fled home to escape from 76-year-old stepfather and 74-year-old neighbor. It has come to light that she was raped many times by the stepfather and the neighbor since last year. Both of the accused have been taken under custody and investigation has been initiated. ‘आमा म कामको खोजीमा गएकी छु । फेरि फर्केर घर आउदिनँ’ भन्दै आमालाई चिठी लेखेर पोखरा हिँडेकी १५ वर्षीया बालिका बाबु र छिमेकीको यौन दुव्र्यवहार सहन नसकी घरबाट भागेको पाइएको छ । पौवेगौडे गाविस ७ बस्ने ५६ वर्षीय सौतेलो बाबु र छिमेकी ७४ वर्षीय एक वृद्धको पटक–पटकको जबर्जस्ती करणीका कारण घर छाड्नुपरेको पीडित बालिकाको भनाइ छ । गतवर्षदेखि दुईजनाले पटक–पटक आफूमाथि जबर्जस्ती करणी गरेको उनको आरोप छ । दर्जनभन्दा बढी छोराछोरी र नातिनातिना भएका ती वृद्ध प्रहरीकहाँ उजुरी परेको थाहा पाउनासाथ बेहोस भएका थिए । जिल्ला अस्पतालमा एक दिनको उपचारपछि उनी प्रहरी नियन्त्रणमा छन् । घर छाडेर पोखरा हिँडेको थाहा पाएपछि बालिकाका आफन्तले महिला तथा बालबालिका कार्यालय र प्रहरीमा खबर गरेका थिए । त्यसपछि ती बालिका भेटिएकी हुन् । यस सम्बन्धमा महिला तथा बालबालिका कार्यालय स्याङ्जामा कार्यरत गुरुप्रसाद ढकालले जबर्जस्ती करणी मुद्दाको जाहेरी दिएका थिए । पीडक दुवैलाई जिल्ला अदालतबाट ५ दिने म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । आफ्नै झड्केली छोरीलाई घरमा कोही नभएको अवसर पारी गतवर्षदेखि पटक–पटक जबर्जस्ती करणी गरेको बताइएको छ । पहिलो पत्नीको मृत्यु भएपछि पीडितका सौतेलो बाबुले नानीसहित उनकी आमालाई भित्र्याएका हुन् । उनीतर्फ भने कुनै सन्तान छैनन् । आमा मेलापात गएको अवसर पारी बाबुले बालिकामाथि जबर्जस्ती करणी गर्ने गरेको पीडित बालिकाको भनाइ छ । यसैगरी ७४ वर्षीया वृद्धले आफूमाथि डरत्रास देखाई करणी गर्न नदिए मार्ने धम्की दिने गरेको पनि उनले बताइ । ती वृद्धले जंगलमा लगेर पटक–पटक जबर्जस्ती करणी गरेको बालिकाको आरोप छ । घर फर्किन नचाहने ती बालिकालाई मंगलबारदेखि पोखरास्थित एक गैरसरकारी संस्थामा पठाइएको महिला तथा बालबालिका कार्यालय स्याङ्जाका प्रमुख चन्द्रकुमारी व्यञ्जनकारले जानकारी दिइन् । उनी स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययरत थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments