Incident Reports

Man found dead in Butwal

2016-10-30

Lumbini, Rupandehi, Tillotama, Ward 8

(Updated) Bir Bahadur Gurung was found dead under a bridge overlooking the Gamaha river near Butuwal-14 on October 30. During the preliminary investigation, police found that the murderer had used a hammer to smash Gurung's head. They found a detonator and the hammer at the crime spot. Police also claimed that Gurung was involved in numerous criminal cases before. They said he might have been killed by his own gang members. रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा आज एक व्यक्तिको शव फेला परेको छ। बुटवल उपमहानगरपालिका–५ गोलपार्कका ३५ वर्षीय वीरबहादुर गुरुङको आज बिहान मृत अवस्थामा बमाहा खोलामा शव फेला पारिएको प्रहरीले जनाएको छ। एकाबिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाका अनुसार शव केही भाग पानीमा डुबेको र केही भाग जमिनमा रहेको अवस्थामा फेला परेको थियो। मृतकको साथमा रहेको नेपाली नागरिकताका आधारमा उनको परिचय खुलेको थियो। मृतकको शवको प्रकृति हेर्दा शरीरका विभिन्न भागमा चोटपटक लागेको देखिएकाले कसैले कुटपिट गरी हत्या गरेर फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान जारीरहेको प्रहरी निरीक्षक रानाले बताए। रासस update.......................................... रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्यामा उनकै साथी रहेको प्रहरीले जिकिर गरेको छ। बुटवल उपमहानगरपालिका– ५ का अन्दाजी ३४ वर्षीय वीरबहादुर गुरुङको शव यही कात्तिक १४ गते राति बुटवल र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा फेला परेको थियो। बिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। निजको हत्यामा सैनामैना नगरपालिका– १२ का २५ वर्षीय सन्तोष थापा रहेको इलाका प्रहरी कार्यालय बुटवलले जिकिर गरेको छ। निजले आफूले लुकाएर ल्याएको हथौडाले पटक पटक प्रहार गरी बेहोस बनाएर लतार्दै पानीमा लगेर फालेको आरोप जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले लगाए। प्रहरीले अभियुक्तबाट एक थान हथौडा, चार थान मोबाइल टेलिफोन सिमकार्ड, कैँची लगायत सामग्री र मृतकका साथबाट पाँच थान इलेक्ट्रिक डेटोनेटर, हतियारमा प्रयोग हुने ११ थान छर्रा, रु पाँच लाख फिरौतीबारे लेखिएका कागजात र नक्सा बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए। घटनाको प्रारम्भिक अनुसन्धानबाट अभियुक्त र गुरुङ दुवै आपराधिक क्रियाकलापमा संलग्न रहेको र अभियुक्तले मृतकबाट अपराधको घटना सार्वजनिक हुने आशङ्कामा हत्या गरेको हुन सक्ने सम्भावना रहेको जनाइएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Secondary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Criminal
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Rupandehi , Local Newspaper - Kaski

0 Comments