Incident Reports

महिलाको कन्चटमा रडले हानेर घरमा लुटपाट

2016-11-02

Lumbini, Rupandehi, Kanchan, Ward 3

रुपन्देही जिल्लाको रुद्रपुर क्षेत्रमा एक महिलाको कन्चटमा फलामले हानेर घरमा लुटपाट गरिएको छ । गएराति रुद्रपुर ९ हनुमाननगरकी ३७ वर्षीया कोपिला ढकाल घरमा सुतिरहेको अवस्थामा लुटेराले कन्चटमा फलामले प्रहार गरेर लुटपाट गरेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख इन्स्पेक्टर बाबुराजा पन्तले जानकारी दिए । ‘घरमा अन्य परिवार सदस्य नभएको बेला ढकाल राति सुतेको अवस्थामा अपरिचित व्यक्तिले कन्चटमा फलामले हानेर घाइते बनाई लुटपाट गरेको देखिएको छ’ इन्स्पेक्टर पन्तले अनलाइनखबरसँग भने, ‘तर घरमा के कति लुटपाट भएको छ त्यो खुलेको छैन ।’ घाइते ढकालको अवस्थामा गम्भीर रहेको र रुपन्देहीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमडौं लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports