Incident Reports

बलात्कारको घटनामा अधिकांश वृद्धा र नाबालिका पीडित l

2016-11-05

यहाँका अधिकांश यौन दुराचार तथा बलात्कारका घटनामा प्राय:गरी नाबालिकाहरु पीडित हुने गरेका छन् । उमेरले दुई वर्ष लागेका नाबालिकादेखि लिएर १४ वर्षभित्रका बालिकाहरु बारम्बार यौन दुराचारमा पर्ने गरेका छन् । त्यसमाथि पनि आफ्नै घरपरिवार तथा नातेदारहरुबाट पीडित हुनुपरेको तथ्यांकले देखाएको छ । आफ्नै बुवा, झड्केलो बुवा, ठूलो बुवा, काका र हजुरबुवा साथै नजिकका दाजुभाइ तथा अन्य नातेदारहरुबाट पीडित हुने गरेको जिल्ला सरकारी वकिल कार्यालयको तथ्यांकमा उल्लेख छ ।

0 Comments