Incident Reports

Man Accuses Wife of Practicing Witchcraft, Expels from Home

2013-03-31

सितड गाविस- ६ पन्जुका नयाँका २५ वर्षीया मोहन सिंह भण्डारीले आफ्नी कान्छी पत्नी २१ वर्षीया कल्पना भण्डारीलाई बोक्सीको आरोप लगाई ०६९ चैत १८ गते घर निकाला गरेका छन् । दुवै जना माओवादी पूर्वलडाकु भएको र सँगै रहँदा प्रेम सम्बन्ध भइ ०६६ सालमा कैलालीको मसुरीयामा विवाह गरेको र पछि उनको घरआउँदा घरमा जेठी पत्नी भएको थाहा पाएको पीडितले बताइन् ।

पीडितले ०६९ चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडितको उजुरीको आधारमा प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गर्ने र दोषीलाई कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख कमल खरेलले वताए । पीडित हाल जिल्ला सदरमुकाम स्थित महिला शक्ति केन्द्रको संरक्षणमा छन् ।

शेरबहादुर चन्द

Baitadi/April 2 Mohan Singh Bhandari, 25, of Sitad6 has expelled his wife Kalpana Bhandari, 21, from home on March 31 on charge of being witch.

Both Mohan and Kalpana were former UCPN-M combatants and had married three years ago in Masuriya of Kailali. According to the Kalpana, she had found about his first wife after coming to his house.

She has filed a case at the District Police Office on April 1.

Chief of DPO Kamal Kharel said that legal action would be taken against the culprit after investigation.

The victim is taking shelter at the Mahila Shakti Kendra in the district headquarters.

Sher Bahadur Chand

0 Comments

Related Reports
Related Trend Analysis