Incident Reports

Student Killed after Abduction

2013-03-31

 

महोत्तरी । चैत १९ गते

 

सुन्दरपुर गाविस -१ का २४ वर्षीय पङ्कज यादवलाई अज्ञात समूहले चैत ४ गते जनकपुरबाट अपहरण गरेकामा ०६९ चैत १८ गते महोत्तरी जिल्लाको अन्कार गाविस -४ स्थित रातुखोलाको बगरमा गाडिएको अवस्थामा लास फेला परेको छ ।

 

जनकपुर स्थित युनिभर्सल कलेजमा कक्षा १२ मा अध्ययनरत् यादवलाई अज्ञात समूहले अपहरणपछि मुक्त गर्न परिवारसँग १० लाख फिरौती माग गरेकामा सात लाख बुझाएको पिता श्याम यादवले वताए ।

 

अपहरणकारीले फिरौती १० लाख मागेको र धेरै मोलमोलाइपछि ७ लाख नगद तीन दिनअघि मात्र बुझाएको मृतक यादवका पिता श्यामले बताए । भेटिएको लासको अवस्था हेर्दा परिवारले फिरौती बुझाउनुअघि नै उनको हत्या भएको जस्तो देखिने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुरज खडका बताउँछन् ।

 

अपहरणकारीको खोजी गर्ने क्रममा धनुषा प्रहरीले गिरफ्तार गरेको एक व्यक्तिले शव गाडेको ठाउँ बताएको प्रहरीले जनाएको छ । धनुषा प्रहरीले पक्राउ गरेका ती शंकास्पद व्यक्तिको परिचय प्रहरीले खुलाउन चाहेको छैन । उसले भनेकै ठाउँमा शव फेला परेपछि ऊ पनि अपहरण र हत्यामा संलग्न रहेको यकिन भएकाले ०६९ चैत १९ गते दिउसो धनुषा प्रहरीले सो व्यक्तिलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जनाइएको छ ।

 

ईश्वरी काफ्ले

 

Mahottari/April 1

Body of Pankaj Yadav, 24, of Sundarpur1 has been found buried in the bank of Ratu River in Ankar4 on March 31. An unidentified group had abducted Yadav from Janakpur on March 17.

 

According to Shyam Yadav, father of the deceased, a ransom of 7 lakh rupees was provided to the abductors three days ago though they had demanded 10 lakhs.

 

Inspector Suraj Khada of the District Police Office said that Yadav might have been killed before his family provided the ransom.

 

Police said that a person arrested in connection with the abduction by the Dhanusha police had given information about the site. Identity of the arrestee has not been released yet.

 

The deceased was a class 12 student in Janakpur-based Universal College.

Ishwari Kafle

0 Comments

Related Reports
Related Trend Analysis