Incident Reports

Udhgosh: Police registers case against vandals

2016-11-09

Province 1, Morang, Uralabari, Ward 4

Area Police Office, Urlabari registered a case against three local youths for vandalizing a hotel located at urlabari-1, Aaitabare on Wednesday. The perpetrators are identified as Manish Rai (18), karan Limbu (17) of Urlabari-3 and Suman Rai (17) of Urlabari-5. उर्लाबारी - इलाका प्रहरी कार्यालय उर्लाबारीले बिहिबार स्थानीय तीन जना युवाहरुलाई सार्वजनिक अपराध ऎनअन्तर्गत मुद्धा दायर गरेको छ । बुधबार दिउसो उर्लाबारी-१ आइतबारेस्थित एक होटेल तोडफोड गरेको अभियोगमा प्रहरीले उनीहरुलाई मुद्धा दायर गरेको हो । आइतबारेका विनोद लिम्बुले संचालन गरेको पसलमा बुधबार दिउसो तोडफोड गरेको भन्दै प्रहरीले उर्लाबारी-३ क १८ वर्षीय मनिष राई, १७ वर्षीय करण लिम्बु र उर्लाबारी-५ का १७ वर्षीय सुमन राई विरुद्ध मुद्धा दायर गरेको हो । पसल तोडफोड गरेलगतै युवाहरु फरार भएका थिए । प्रहरी निरिक्षक राजकुमार राईसहितको टोलीले ती युवाहरुलाई लखट्दै उर्लाबारीको खोर्सानी चोकबाट नियन्त्रणमा लिएको थियो । युवाहरुलाई छुटाउनका लागि भनेर विभिन्न ' शक्ति केन्द्र' बाट दवाव आएपनि आफु अपराध गर्ने विरुद्ध जिरो टोलेरेन्स रहेको स्पष्ट पार्दै प्रहरी निरिक्षक राईले भने - ' अपराध गर्दै मिल्ने दिन गए, अब कानुनी उपचार गरिन्छ । यसैबीच प्रहरी निरिक्षक राजकुमार राईले २०७३ सालको दशैँ, तिहार र छठ पर्व सफलतापुर्वक सम्पन्न भएको जनाएका छन् । स्थानीय राजनीतिकर्मी, भद्रभलादमी, व्यापारी, संचारकर्मी र प्रहरीको सहकार्यमा उर्लाबारी क्षेत्र पर्वमा शान्ति सुरक्षा कायम गरी कुनै पनि गम्भीर प्रकृतिका घटनाहरु हुन नदिएको प्रहरी निरिक्षक राईले दाबी गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Morang

0 Comments