Incident Reports

Witch accused files police case

2016-11-21

Bagmati, Dolakha, Tamakoshi, Ward 7

A 72-year-old woman from Hawa VDC-3 in Dolakha has filed a police complaint against her two brothers-in-law who reportedly tried to force feed her faeces on witchcraft allegation. Police have arrested the accused for investigation. The woman was rescued from Charikot by a local political activist, who also helped her file the complaint at the District Police Office. आफ्नै परिवारका सदस्यहरुबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यतना व्यहोर्दै आएकी ७१ वर्षीया दलित महिला न्याय माग्दै सदरमुकाम आइपुगेकी छन्। जिल्लाको दक्षिणी हावा गाविस–३ की ७१ वर्षीया तीर्थमाया विकलाई आफ्नै देवरको परिवारले बोक्सीको आरोपमा निरन्तर यातना दिँदै आएका थिए। तीर्थमायाका अनुसार देवरका परिवारबाट कुटपिट सहँदै आएकी उनलाई बोक्सीको आरोपमा गत कात्तीक २३ गते दिसा मुखमा दलिदिएका थिए। ‘२२ वर्षदेखि बोक्सी भन्दै कुट्थे, गाउँ समाजमा जहाँसुकै बेइजेत गरिदिन्थे, आजसम्म सहँदै आएकी थिएँ,’ सदरमुकाम आएकी तीर्थमायाले गहभरी आशु पार्दै सुनाइन्, ‘अस्ती २३ गते साँहिलो देवर केशब र कान्छो देवर काले विकको परिवारले प्लास्टिकमा दिसा बोकेर ल्याएर बोक्सी भन्दै मुखमा दलिदिए।’ तीर्थमायाका अनुसार केशब र कालेलेअघिल्लो वर्षको चैतमा समेत बोक्सीको आरोपमा दिसा र पिसाब खुवाउन खोजेका थिए । ‘त्यो बेला पनि यो बोक्सीलाई खुवाउनै पर्छ भनेर परिवार नै आएका थिए’ उनले सुनाइन् ‘पछि नातीनातीना भएकाले जोगिएँ।’ देवरका परिवारको घृणित व्यबहारबाट विक्षिप्त बनेकी तीर्थमाया घर छाडेर सदरमुकाम हिँडेकी थिइन्। उनलाई सदरमुकाम नजिक भीमेश्वर नगरपालिका–६ की कमला कार्कीले भेटाएपछि जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पु¥याएइकी हुन्। तीर्थमायाका पति रणबहादुर विक आरन (फलाम) को काम गर्छन्। छोरा कृष्ण श्रीमतीसहित ४ नाती नातिनासगैँ छुट्टै घरमा बस्छन् भने छोरी शान्तमायाको छिमेकी जफे गाविसमा बिबाह भएको छ। भूकम्पले घर भत्काएपछि रणबहादुर दम्पती कटेरोमा बस्दै आएका छन्। कटेरोमै उनीहरुको आरन छ। ‘श्रीमान आफ्नो दुःख जेलो गरेर खाने सोझो हुनुहुन्छ,’ उनले भनिन्, ‘श्रीमानको त्यही सोझोपनको फाईदा उठाएर ममाथि यातना दिँदै आए।’ तीर्थमायाले सुडेनी तालिमसमेत लिएकी छिन्। उनका अनुसार साँहिला केशब र कान्छा देवर कालेले २२ वर्षदेखि जग्गा खाएको आरोपमा कुटपिट गर्दै आएका थिए। तीर्थमायाका ससुराले गाउँमा बन्धकी राखेको जग्गा जेठो छोरो तीर्थबहादुरका पति रणबहादुरले आफूले ऋण तिरेर निखनेपछि राम्रो जग्गा दाजु भाउजुले खाएको भन्दै केशब र कालेले कुटपिट गर्दै आएका थिए। ‘प्रत्येक दिन रक्सी खाएर हाम्रो घरमा आई, त्यो बोक्सी खै भनेर श्रीमानकै अगाडी तथानाम भन्थे, धेरै पटक लछारपछार पार्थे,’ तीर्थमायाँले रुदै सुनाइन, ‘न्याय माग्न थुप्रै पटक प्रहरीकोमा जान खोजेँ, तर छोराछोरीले रोके।’ उनका अनुसार एक महिनाअघि गाउँका एमाले नेता एवम् समाजसेवी भरत सुनुवारको निधन भएपछि गाउँलेले आयोजना गरेको शोक सभाबाट फर्कंदासमेत देवर, देउरानी र भतिजी मिलेर गाउँ नजिकै बाटोमा हातपात गरेका थिए। ‘रक्सी खाएर आएर, मलाई ढुंगाले हाने, भतिजीले उनका साथी लगाएर कुट्न पनि खोजी,’ उनले सुनिन्, ‘पछि गाउँलेले गाली गरेपछि उनिहरु पछि हटे।’ घटनापछि न्याय माग्दै सदरमुकाम आएकी तीर्थमायाले दुवै देवरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले घटनामा संलग्न मध्ये तीर्थमायाका कान्छो देवर काले कामीलाई पक्रउ गरिसकिएको जानकारी दिए। अर्का आरोपित केशबको भने खोजी भईरहेको समेत कुर्मीले बताए । दोषीलाई बोक्सी आरोपमा मुद्धा चल्ने कुर्मीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , INSEC

0 Comments