Incident Reports

Misbehaving of journo condemned

2016-11-27

Journalists of Saptari have protested against the misbehaving of journo by SP Dibesh Lohani while collecting news on the program of Ram Dev at Chinnamasta on November 27. The delegates led by Chairperson Prakash Khatiwada of FNJ met the CDO Bal Dev Gautam and condemned the incident. A team of journalists led by Shrawan Dev had met CDO Gautam and handed over the memorandum. The journalists were beaten with fist by police led by SP Lohani while taking picture of Yoga master Ram Dev. They have demanded for the transfer of the accused. Meanwhile, joint democratic Madhesi Morcha of Saptari has denied attending the introduction program organized by SP Lohani on November 28. SP Lohani however denied the allegation and said that the mob was controlled for security reason and none of the journo were misbehaved. योगगुरु रामदेवको कार्यक्रमको समाचार सङ्कलनका क्रममा छिन्नमस्ता शक्तिपिठमा एसपी दिवेश लोहनीले सञ्चारकर्मीमाथि हातपात गरेको आरोपमा सप्तरीका पत्रकारहरूले मङ्सिर १२ गते विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष प्रकाश खतिवडा नेतृत्वको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी बलदेव गौतम र एसपी दिवेश लोहनीसमक्ष भेट गरी घटनाको भत्सर्ना गरेको छ । पत्रकार श्रवण देवको टोलीले प्रमुख जिल्ला अधिकारी गौतममार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । छिन्नमस्ता मन्दिरमा पूजापाठ गर्न गएका रामदेवको तस्विर खिच्ने क्रममा मुड्की प्रहार गर्नुका साथै पत्रकारहरूलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै देवको टोलीले एसपी लोहनीको ४८ घण्टाभित्र सरुवा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नव आगन्तुक एसपी लोहनीद्वारा मङ्सिर १३ गते आयोजित परिचयात्मक कार्यक्रम वहिष्कार गर्ने जनाएको छ । मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा मङ्सिर १२ गते बसेको बैठकले परिचयात्मक कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको हो । योगगुरु रामदेवको कार्यक्रमको समाचार सङ्कलनका क्रममा एसपी लोहनीको नेतृत्वमा पत्रकारहरूमाथि हातपात गरेको कार्यप्रति घोर भत्सर्ना गर्दै जिल्ला प्रहरी कार्यालयको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको मोर्चाले जनाएको छ । एसपी लोहनीले भीड अनियन्त्रित भई योगगुरु रामदेवसहितका महत्वपूर्ण व्यक्तिलाई धक्का लागेपछि सुरक्षाको जिम्मेवारीअनुरूप भीड रोक्न खोजिएको तथा जानेर पत्रकारसँग दुर्व्यवहार नगरेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Parsa

0 Comments