Incident Reports

NC District Member Injured in UCPN-M Attack

2013-04-07

धादिङ । चैत २५ गते एमाओवादी कार्यकर्ताको ०६९ चैत २४ गते सांघातिक आक्रमणबाट काँग्रेस जिल्ला सदस्य २५ वर्षीय जेम्स अनरस (परियार) गम्भीर घाइते भएका छन् । दार्खा गाविस-९ निवासी नेपाली काँग्रेस जिल्ला सदस्य अनरस सेन्देनखोर चर्चबाट संगती सकेर घर फर्कदै गरेको बेला एमाओवादी कार्यकर्ताले आक्रमण गरेको नेपाली काँग्रेस जिल्ला कार्यालयले प्रेस विज्ञप्ति प्रकाशन गरेर चैत २४ गते जनायो । बाटो ढुकेर बसेका सोही गाविस-८ निवासी एमाओवादी कार्याकर्ता मैजा तामाङ, चर्को तामाङ, दुर्गा तामाङ, आशे तामाङ लगायतले खुकुरी, र खुँडा प्रहार गरी गम्भीर घाइते बनाएकोले आक्रमणकारीलाई गिरफ्तार गरी कारबाही गर्न नेपाली काँग्रेस धादिङले प्रेस विज्ञप्ति प्रकाशन गरी माग गरेको छ । काँग्रेस सभापति रामनाथ अधिकारीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा आफ्नो पेशा गरेर समाजसेवामा काम गर्ने दलित नागरिक प्रतिनिधिमाथि भएको घटनाले नेपाली समाजमा गम्भीर दखल पुगेको उल्लेख गर्दै दार्खा गाविसमा यस्ता घटना पटक पटक हुने गरेको तर राज्य मुकदर्शक बनिररहेको आरोप लगाइएको छ । आक्रमणबाट गम्भीर घाइते भएका तामाङको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकी हेलिकप्टरबाट उद्धार गरी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ । सीताराम अधिकारी Dhading/April 7 NC district member James Anarasa (Pariyar), 25, of Darkha VDC-9 has been seriously injured in the attack by UCPN-M cadres on April 6. Issuing a press statement on April 6, NC district office has said that the UCPN-M cadres attacked James while he was returning home from Sendenkhor church. NC has demanded action against the UCPN-M cadres saying that Maija Tamang, Charko Tamang, Durga Tamang, Aashe Tamang of Darkha VDC-8 attacked James with khukuri and knife. The NC alleged that the State was being a spectator when repeated attacks were taking place in the same VDC. According to police, James was taken to Teaching hospital in Kathmandu after his treatment was not possible in local health post.

0 Comments

Related Reports
Related Trend Analysis