Incident Reports

प्रहरी र तस्करबीच गोली हानाहान, एक घाइते

2016-12-10

Lumbini, Bardiya, Bansagadhi

तस्कर र प्रहरीबीच डेउढाकलाको जंगलमा शनिबार दोहोरो गोली हानाहान भएको छ। जुम्लाको चन्दननाथ मूर्ति चोरी भएको घटनामा अनुसन्धानमा खटिएको सुरक्षाकर्मीको टोली र तस्करबीच दोहारो गोली हानाहान भएको हो। मुर्ती चोरी गरी त्यस क्षेत्रमा ल्याएको आंशकामा क्षेत्रीय अनुसन्धान टोली र सिआईबिको टोलीले जंगल सर्च गर्ने क्रममा तस्करले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेको प्रहरीले बताएको छ । प्रहरीको जवाफी कारबाही एक जना तस्करलाई घुँडामा गोली लागेको क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले बताए। ‘जंगलमा विचमा तस्करले प्रहरीलाई लक्षित गरी गोली हान्यो,’ उनले भने, ‘त्यसक्रममा दोहोरो गोली हानाहान भएको हो।’ प्रहरीतर्फ सामान्य घाईते भएको बताईएको छ। तस्कर समुहका दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। तस्करबाट एउटा बुद्ध मुर्ति पनि प्रहरीले बरामद गरेको छ। गोली हानाहान भएपछि त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ। दोहोरो गोली हानहानपछि उक्त सडकखण्ड केही समय अबरुद्ध भएको थियो । घटनापछि स्थानीय त्रसित भएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports