Incident Reports

श्रीमतीसँग अनैतिक सम्वन्ध ! गाडीले किचाएर श्रीमानको हत्या।

2016-12-11

Madhes, Dhanusha, Chhireshwornath

कात्तिक २६ गते जनकपुर–ढल्केवर सडक खण्डको हरैयास्थित सडक छेउमा गाडीले किचेर मृत्यु भएको अवस्थामा श्रीराम ठाकुरको शव भेटियो । जनकपुर उपमहानगरपालिका–२२ विस्पिट्टीका ३७ वर्षीय ठाकुर अघिल्लो दिन साँझ घरबाट निस्किएका थिए । प्रहरीको अनुसन्धानका क्रममा उनको दुर्घटनामा मृत्यु भएको नभर्इ गाडीले किचाएर हत्या भएको खुलेको छ । र, हत्यामा संलग्न दुर्इ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–६ का ३० वर्षे जितेन्द्र चौधरी र धनुषाको महुवा–४ का २७ वर्षे मनोजकुमार चौधरी रहेका छन् । प्रहरीको अनुसन्धानबाट खुले अनुसार मृतक श्रीराम ठाकुरको श्रीमतीसँग जितेन्द्र चौधरीको अनैतिक सम्बन्ध थियो । त्यही कारण श्रीरामको हत्या गरेको पाइएको छ । आरोपी जितेन्द्र चौधरीले एक हप्ता अघिदेखि नै ठाकुरको हत्या गर्ने योजना बनाएका थिए । प्रहरी नायव उपरीक्षक मनोज यादवका अनुसार कातिक २६ गते बेलुका जितेन्द्रले ठाकुरलाई जागिरको प्रलोभन दिइ ढल्केवर लगेका थिए । ढल्केवरबाट आफ्नै ज ३ प ८९३७ नम्बरको मोटरसाइकलमा चढाइ बेलुका फर्कने बेला झण्डै ७ बजेको समयमा हरैयास्थित मोटरसाइकल रोकेर भारतीय नम्बर प्लेटको बोलेरो आएका बेला धकेलेर हत्या गरेको खुलेको छ । घटनापछि उनीहरू फरार भएका थिए । दुबैलार्इ पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी थप अनुसन्धान थालिएको छ । पक्राउ परेका मनोजकुमार चौधरीले श्रीरामको हत्या गर्न सहयोग गरेको पाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Injured 00
National/Online Media

0 Comments

Related Reports