Incident Reports

No translation available.

2016-12-25

Bagmati, Dhading, Netrawati, Ward 5

८ का शम्भु तामाङ, सरण तामाङ र सिविस तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। पीडित पक्षले दिएको जाहेरीको आधारमा गाउँमै लुकिछिपी बसेका तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पञ्जियारले बताए । गुम्दी गाविस घर भई विद्यालय नजिकै एक घरमा डेरा गरी बसेका प्रधानाध्यापक सिंखडामाथी आइतबार राती सुतिरहेको बेला बाहिर बोलाएर आक्रमण भएको थियो । राती करिब ११ बजे ढोका खोल्न आग्रह गरेका थिए, त्यतिबेला ढोका खोलेर बाहिर निस्कन नभ्याउँदै सिंखडामाथी आक्रमण भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कुटपिटबाट प्रधानाध्यापक सिंखडाको टाउको र शरीरका विभिन्न अंगहरुमा गम्भीर चोट लागेको छ । घाइते सिंखडाको अहिले काठमाण्डौंमा उपचार भइरहेको छ । प्रधानाध्यापक कुटपिट गर्नेहरुको पहिचान गरी तत्काल कारबाही गर्न माग गर्दै अभिभावकहरुले सोमबारदेखि नै विद्यालयको पठनपाठन बन्द गराएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports