Incident Reports

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

2016-12-02

Gandaki, Gorkha, Gorkha

गोरखा सदरमुकामको लक्ष्मी बजारमा बस्दै आएका मिरा परियारलाइ आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । मंसिर १८ गते साँझ ७ बजेको समयमा गोरखा सदरमुकामको गोरखा नगरपालिका ८ लक्ष्मी बजारमा रहेको घरमा राजन दर्नाल (परियार) मृत अवस्थामा फेला परेको भन्ने परिवारले खबर गरे पछि प्रहरीले मृतको लासलाई पोष्टमार्टेमका लागि गोरखा अस्पताल लगेको र पोष्टमार्टेम गर्दा टाउको चोट देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नयाव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिए। घटना स्थल मुचुल्कामा समेत देखिएको उक्त चोटको बिषयमा प्रहरीले अनुसन्धान जारि राखेको थियो। शंकाका आधारमा मृतकको श्रीमतीलाइ पक्राउ गरि बुझ्दा मृत्यु भएकै साँझमा श्रीमान श्रीमती बीच विवाद भएको र श्रीमतीले धकेली दिदा लडेर टाउको चोट लागेको र सोहि करण राजन दर्नाल (परियार) को मृत्यु भएको भन्ने आरोपमा श्रीमती मिरा परियारलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको हो। मीरालाई मंसिर १९ गते प्रहरीले पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा गोर्खा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान थलिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ। श्रीमती मीरालाई प्रहरीले घटना पछि उपचारका लागि नलागेको भन्दै कर्तब्य ज्यान मुद्दा दर्ता गरेको हो। आत्यधिक मदिरा सेवन गर्ने मिरा र श्रीमान बीच विगतमा पनि झै झगडा हुँदै आएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Kaski

0 Comments

Related Reports