Incident Reports

टीकाथली नापी कार्यालयका अधिकृत झा घूससहित पक्राउ

2017-01-10

Bagmati, Lalitpur, Mahalaxmi

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई एक लाख ५० हजार रुपैयाँ घूससहित कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ। आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको हो। पक्राउ परेका झाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis