Incident Reports

श्रीमतीकै अगाडी श्रीमानको हत्या

2017-01-13

Madhes, Mahottari, Bhangaha

पतिको हत्या गराएको अभियोगमा श्रीमतीसहित पक्राउ परेका पाँच जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजानिक गरेको छ । आफ्नै घरमा मानिस बोलाएर श्रीमती ज्योती मिश्रले धारिलो हतियार प्रहार गराइ हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महोत्तरीको हत्तिसर्वा गाविस ८ सङ् ग्रामपुर बस्ने २५ वर्षिय अञ्जनीकुमार मिश्रलाई पुष २९ गते राती घरमा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाइएपछि उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका अभियुक्तहरु हतिसार्व ८ बस्ने मृतककी पत्नी २२ वर्षिया फिरोज कवारी, धमौरा १ बस्ने ३७ वर्षिय तुफान नट अन्सारी, बगडा ७ बस्ने ४४ बर्षिया गङ् गाराम दास र महोत्तरी गाविस ७ बस्ने २९ वर्षिय कुवेर रायलाई सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुलाई दस दिनपछि सार्वजनिक गरेको बताइएको छ । हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयबासीको सहयोगमा उनीहरुलाई घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको हो । ज्योति मृतक अञ्जनकी कान्छी श्रीमती तथा कुबेर काका ससुरा हुन् । फिरोज र तुफान जनतान्त्रिक तराई मुक्तिमोर्चा (ज्वाला समूह) मा सक्रिय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्याराको काम गर्ने रहेको प्रहरी निरीक्षक रवीन्द खनालले आरोप लगाए । हत्याको प्रमुख कारण यौन सम्वन्ध र सम्पत्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रोजगारीबाट तीन महिनाअघि मात्र घर फकेैका मिश्रको नाममा पाँच विघा जग्गा छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Chitwan , Local Newspaper - Mahottari , Local Newspaper - Sarlahi

0 Comments

Related Reports