Incident Reports

मन्दिरभित्र प्रवेश गरेको आरोपमा दलितलाई ५ हजार रुपियाँ जरिबाना [Updated]

2017-02-04

Bagmati, Ramechhap, Gokulganga, Ward 4

रामेछापको बेताली गाविस-३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर भित्र पसेको आरोपमा सोही ठाउँका पुजारी छत्रबहादुर बुढाथोकीलगायतले ५ हजार रुपियाँ जरिबाना तिराएका छन् । सेरकाली मन्दिरमा पसेको भन्दै माघ २२ गते मन्दिरका पुजारी बुढाथोकीलगायतका कथित माथिल्लो जातिका मानिसहरूले मन्दिर चोख्याउन भन्दै मन्दिरमा रुद्री लगाएर ५ हजार रुपियाँ जरिबाना तिराएका हुन् । मन्दिरमा कथित दलित पसेको भन्दै पूजारी लगायतका स्थानीयले मन्दिरमा तत्काल चोख्याउन भन्दै रुद्री लगाएपछि मात्रै अरुलाई पूजा गर्न लगाएको बेताली गाविसका प्राविधिक सहायक बावुराम घिमिरेले बताए । पीडितले मन्दिर जस्तो ठाउँमा आफूमाथि नराम्रो व्यवहार भएको भन्दै यसका विरुद्ध प्रहरी चौकी बेतालीमा माघ २३ गते उजुरी दिएको दलित अधिकारकर्मी लेखबहादुर बिश्वकर्माले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Traditional community leader
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
INSEC , National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Sindhuli

0 Comments

Related Reports