Incident Reports

अदालतको आदेशपछि कथित बोक्सी घटनाको उजुरी दर्ता

2017-02-03

Madhes, Saptari, Saptakoshi

कञ्चनरुप नपा-४ का ६८ वर्षीया भौली साहलाई कथित बोक्सीको आरोपमा गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय रामप्रसाद साह, उनकी ३८ वर्षीया पत्नी सुनीता साह, १८ वर्षीया छोरी सुस्मिता साह र १६ वर्षीय छोरा रोहन साहविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ २२ गते उजुरी दर्ता गरेको छ । पुनरावेदन अदालत राजविराजबाट जारी भएको परमादेश अनुसार हुलाक कार्यालयबाट ०७३ वैशाख १५ गते प्राप्त कथित बोक्सी आरोपको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए । आरोपितहरूले कञ्चनरुप नपा-४ स्थित सार्वजनिक बाटोमा ०७२ चैत २१ गते कथित बोक्सी भन्दै गालीगलौज, कुटपिट गरेको आरोप लगाउँदै पीडितहरूले दिएको उजुरी प्रहरीले दर्ता नगरेपछि हुलाकबाट उजुरी पठाइएको बताए । चारैजना आरोपितहरू फरार रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments