Incident Reports

विव्दतले गर्यो र्यालीसहित आमसभा

2017-01-11

Province 1, Morang, Biratnagar

विराटनगर, २७ पुस – पृथ्वी जयन्तीको अवसरमा नेपाल विव्दत परिषद् मोरङ जिल्ला कार्यसमितिले र्यालीसहित कोणसभा गरेको छ । सो अवसरमा स्थानीय शनिहाटबाट निकालिएको र्यालीले सहिद रंगशाला, अस्पतालचोक, जलजला मोडबाट मेनरोड हुदै नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । पञ्चैबाजासहित निकालिएको र्यालीका सहभागीले गणतन्त्र मुर्दावाद, राजसंस्था कायम गर र हिन्दु राष्ट्र कायम गर लगायतका नारा लागाएका थिए । नगर क्षेत्रको परिक्रमा गरेपछि र्यालीका सहभागीले गुद्री बजारमा कोणसभा गरेका थिए । कोणसभा परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, पुर्वाञ्चल संयोजक वल्लभप्रसाद दाहाल र आयोजक संस्थाका अध्यक्ष पुष्पराज दाहाल लगायतका वक्ताले राजा र हिन्दु राष्ट्रबिना देशले प्रगति गर्न नसक्ने दाबी गरे । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए । उनले छरिएर रहेको चौवीसे र बाइसे राज्यलाई एकसूत्रमा बाँधेक थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments