Incident Reports

खोटाङमा फेरि युवतीको बलात्कार पछि हत्या

2017-02-07

Province 1, Khotang, Khotehang, Ward 8

खोटाङमा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको बिभत्स हत्या भएको केही दिन नबित्दै पुःन अर्की युवतीको बिभत्स हत्या भएको छ। बिभत्स हत्या गरिएको अवस्थामा महतको शव भेटिएको पाँच दिन नबित्दै खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङ शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। प्रहरीका अनुसार युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। होटल सञ्चालकसँगको सोधपुछपछि घट्नामा शंकास्पद मानिएका सिमपानी–६ का तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। मंगलबार साँझदेखि हराएकी तामाङ बुधबार सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बिभत्स अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नविनकिशोर प्रधानले बताए। बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अवस्थामा फेला परेको प्रहरीको अनुमान छ । ‘युवतीको शवको टाउको फुटेको छ, दाँत खसाइदिएको छ, दाहिने आँखा फुटेको छ, चिउँडो ढुंगाले काटिएको अवस्थामा छ,’ डिएसपी प्रधानले भने, ‘घट्ना प्रकृति हेर्दा युवतीलाई ढुंगाले किचेर हत्या गरेपछि भीरबाट मिल्काइदिएको हुनसक्छ।’ किशोरीको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा फेला परेको हो। प्रहरीका अनुसार युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। होटल सञ्चालकसँगको सोधपुछपछि घट्नामा शंकास्पद मानिएका सिमपानी–६ का तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सुचनाका आधारमा शंकास्पद व्यक्तीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको डिएसपी प्रधानले बताए। शंकास्पद मानिएकामध्ये दुई जना स्थानीय र एक जना सह–चालक छन्। शंकास्पद तीन जनाको परिचय खुलाइएको छैन। उनीहरुलाई सिमपानी, खोटाङबजार र भँडारेघाटबाट गएको प्रहरीको टोलीले बुधबार राती पक्राउ गरेको हो। पाँच दिनको अन्तरमा भएका दुबै घट्नाले सबैलाई स्तव्ध बनाएको छ। भोजपुर कोदारकी महत खोटाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा माघ २२ गते मृत फेला परेकी थिइन्। उनको हत्यामा संलग्न आरोपमा चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परिसकेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Khotang

0 Comments