Incident Reports

सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

2017-02-06

सुस्त मनस्थिति भएकी १६ बर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नवलपरासीको सांकेतिक भाषा पढाइ हुने विद्द्यालयमा अध्ययन गर्दै गरेकी १६ वर्षीय बालिकालाई बलात्कार गरेको भन्दै विध्यालयका शिक्षकहरुले नियन्त्रणमा लिएर उनलाई प्रहरीकोमा बुझाएका हुन् । पक्राउ पर्नेमा देवचुली नगरपालिका-१४ निवासी ४० वर्षीय इश्वरीप्रसाद भण्डारीले जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा परेपछि पक्राउ गरिएको हो । उनलाई सोमबार नै जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ । बालिकाले आफूमाथि भएको घटना विद्द्यालयलाई जानकारी गराएपछी विद्द्यालयले प्रहरीमा सो घटनाबारे जानकारी गराएको थापाले बताए । पिडित बालिका कान नसुन्ने र सुस्त मनास्थितिकी भएकाले घटनाका बारेमा अनुसन्धानमा समेत अफ्ठ्यारो परिरहेको थापाले बताएका छन् । सांकेतिक भाषा बुझ्ने दोभाषेको सहारामा पिडित बलिकसंग बयान लिइएको छ । बयानको क्रममा बालिकाले विद्द्यालयको पर्खाल नाघेर कोठामा छिरेर जबरजस्ती गरेको भन्ने बयान दिएको थापाले बताए । यता घटना मिलापत्र गर्नका लागि पीडक पक्षबाट दबाब आइरहेको जनाइएको छ । बालिकाकी आमाले क्षतिपूर्ति दिएर घटना मिलापत्र गर्न भनेर पीडक पक्षको परिवारले भनिरहेको तर आफूहरु मिलापत्र गर्ने पक्षमा नरहेको बताइएकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi

0 Comments